अकोराबको अध्यक्षमा अर्जुन गिरी,नयाँ कार्यसमिति निर्विरोध चयन

३१ भदौ, काठमाडौं । काठमाडौं । देशभरिका सामुदायिक रेडियोहरूको छाता सङ्गठन, सामुदायिक रेडियो प्रसारक सङ्घ अकोराब नेपालको नयाँ कार्यसमिति निर्विरोध चयन भएको छ ।

ललितपुरमा आयोजित अकोराबको १८ औँ वार्षिक साधारण सभा एवं आठौँ अधिवेशनले अर्जुन गिरीको नेतृत्वमा नयाँ कार्यसमिति निर्विरोध चयन गरेको निर्वाचन समितिका संयोजक सुवोधबाबु चिलुवालले जानकारी दिए ।

अकोराबको वरिष्ठ उपाध्यक्षमा गोविन्द देवकोटा, उपाध्यक्षहरुमा खेमकुमारी पोखरेल, मिलन गाहा, नविननरसिंह नेपाली र गोपाल बराइली, महासचिवमा बन्दना दनुवार, सविचमा भक्त स्याङ्तान र कोषाध्यक्षमा तुला अधिकारी निर्वाचित भएका छन् ।

यस्तै, केन्द्रीय सदस्यहरुमा पदम सुवेदी, अच्युत पौडेल, बलराम श्रेष्ठ, नविनराज पौडेल, कमला कँडेल, उर्वशी बस्न्यात, गिता चिमोरिया, हेमन्तबहादुर बिके निर्विरोध निर्वाचित चयन भए ।

केन्द्रीय लेखा समिति संयोजकमा सङ्गीत बस्याल, सदस्यहरूमा जीवन लामा र हरि न्यौपाने सर्वसम्मत निर्वाचित भएका छन् भने केन्द्रीय सदाचार समितिको संयोजकमा टीकाजङ्ग थापा सर्वसम्मत निर्वाचित भएका हुन् ।

अकोराबको कोशी प्रदेश समितिको अध्यक्षमा टेकबहादुर खड्का, मधेस प्रदेशमा अध्यक्षमा उपासना तिवारी, बागमती प्रदेश अध्यक्षमा दीपक लामा,गण्डकी प्रदेश अध्यक्षमा ओमकार आचार्य,लुम्बिनी प्रदेश अध्यक्षमा नविन केसी,कर्णाली प्रदेश अध्यक्षमा प्रतीक इच्छुक शर्मा र सुदुरपश्चिमको अध्यक्षमा वेदप्रकाश तिमल्सैना निर्वाचित भए ।