मेयर बालेन साह भारतमा,प्रधानमन्त्री सहभागी हुने इन्द्रजात्रा बहिष्कार गर्ने

३१ भदौ,काठमाडौं ।काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह बालेन भारतको बैंगलोर गएका छन् ।गत मंगलबार बैंगलोर पुगेका साह भोली मंगलबार स्वदेश फर्किने उनको सचिवालयले जनाएको छ।

सचिवालयका अनुसार आफू पढेको कलेजका पूर्वविद्यार्थीहरुको कार्यक्रममा भाग लिन उनी त्यहाँ गएका हुन् ।मंगलबार काठमाडौंमा इन्द्रजात्रा छ ।

प्रत्येक वर्ष इन्द्रजात्रामा काठमाडौं महानगरपालिकाले विशेष कार्यक्रम आयोजना गर्छ ।उक्त कार्यक्रममा राष्ट्रपति, प्रधानमन्त्री लगायत राज्यका उच्च पदस्थहरुलाई निम्ता गरिन्छ । उनीहरुलाई काठमाडौंका मेयर–उपमेयरले स्वागत गर्छन् ।

तर मेयर बालेनले बैंगलोरबाटै प्रधानमन्त्री ओलीलाई गालीगलौज गर्दै स्टाटसहरु लेखिरहेका छन् ।