भारी वर्षाका कारण त्रिविको कृषि विज्ञान प्रवेश परीक्षा स्थगित

१२, असोज काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले कृषि र पशु चिकित्सा विज्ञानको प्रवेश परीक्षा स्थगित गरेको छ ।

आज बिहान ११ बजेका लागि तोकिएको प्रवेश परीक्षा अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गरिएको कृषि र पशु विज्ञान अध्ययन संस्थानका निमित्त डीन तथा भर्ना समिति संयोजक डा। किशोरचन्द्र दाहालले दिए ।

शुक्रबारदेखि परेको अविरल वर्षाका कारण त्रिभुवन विश्वविद्यालयका परीक्षार्थीलाई आवतजावत गर्न समस्या भएपछि परीक्षा स्थगित गरिएको हो।