
२५ कार्तिक,काठमाडौं । सत्तारुढ दल नेकपा (एमाले)ले आगामी मंसिर १६ गते हुने स्थानीय तहको उपनिर्वाचनका लागि उम्मेदवार सबै स्थानका उम्मेदवारको टुंगो लगाएको छ।
शनिबार बसेको सचिवालय बैठकले वडा,पालिका,जिल्ला र प्रदेशकमिटीबाट सिफारिस भएर आएका उम्मेदवारहरुको नाम अनुमोदन गरेसँगै उम्मेदवारको टुंगो लागेको हो।उपाध्यक्ष अष्टलक्ष्मी शाक्यका अनुसार योसँगै एमाले उपनिर्वाचनमा केन्द्रित भएको छ ।
मंसिर १६ गते स्थानीय तहका प्रमुख, उपप्रमुख, अध्यक्ष, उपाध्यक्ष, वडाध्यक्ष र जिसस प्रमुख गरी ४४ पदमा निर्वाचन हुँदैछ ।एमालेले बाँकी क्षेत्रका उम्मेदवारको पनि छिट्टै टुंगो लगाउने उनले बताइन् ।
सो सचिवालय बैठकले सरकार ठिक ढंगले अघि बढिरहेको समेत निष्कर्ष निकालेको पनि उनले बताइन्
