
३, मंसिर काठमाडौं । नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक स्थगित भएको छ ।
पूर्वसभामुख दमननाथ ढुङ्गानाको निधन लगायत कारण बैठक स्थगित भएको सचिव दीनानाथ शर्माले जानकारी दिए । उनका अनुसार आज आज बिहान ११ बजे बस्ने भनिएको बैठक अब मंगलबार मात्रै बस्नेछ ।
बैठकमा विधान संशोधन, केन्द्रीय समिति बैठकको तयारी, स्थानीय तह उपनिर्वाचनलगायत विषयमा छलफल हुने नेताहरुले बताएका छन् । अब पदाधिकारीको बैठक मंसिर ४ गते बस्ने माओवादी केन्द्रले जनाएको छ ।
