
३, मंसिर काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले पूर्वसभामुख दमननाथ ढुंगानाको निधनप्रति दुःख व्यक्त गरेको छ ।
एमालेका प्रचार तथा प्रकाशन विभागका प्रमुख राजेन्द्र गौतमले आज विज्ञप्ति जारी गर्दै निधनप्रति दुःख व्यक्त गर्दै शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना व्यक्त गरेका हुन् ।
“सत्तापक्षको सरकार, प्रतिपक्षको सदन’ मान्यताका अनुयायी, संसदीय प्रणालीमा सभामुखको स्पष्ट मानक निर्माण गर्ने तथा सभामुखकीय तटस्थताको वकालत गर्ने स्व ढुंगानाको भूमिका सदैव स्मरणीय रहनेछ,” गौतमले विज्ञप्तिमा भनेका छन् ।
कलेजोसँग सम्बन्धित समस्याका कारण केही समयदेखि उपचाररत पूर्वसभामुख ढुङ्गानाको पुरानो बानेश्वरस्थित फ्रन्टलाइन अस्पतालमा ८३ वर्षको उमेरमा आइतबार दिउँसो निधन भएको थियो ।
