आज एमालेले काठमाडौँमा शक्ति प्रदर्शन गर्दै

७, मंसिर काठमाडौं । सत्तारुढ दल नेकपा )एमाले) ले आज काठमाडौँमा शक्ति प्रदर्शन (जागरणसभा) गर्दैछ । काठमाडौँ, ललितपुर र भक्तपुर जिल्ला कमिटीको आयोजनामा आज काठमाडौँको दरबारमार्गमा जागरणसभा आयोजना गर्न लागेको हो ।

जागरणसभालाई प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओली, महासचिव शंकर पोखरेल लगायतका नेताले सम्बोधन गर्ने कार्यक्रम छ ।

भद्रकालीबाट जुलुस न्युरोड गेट, वीर हस्पिटल, रत्नपार्क, त्रिचन्द्र क्याम्पसको अगाडिबाट दरबारमार्गमा पुगेर कोणसभामा परिणत हुनेछ । बिहान साढे ११ बजे जुलुस सुरु गरेर साढे १२ बजे दरबारमार्गमा कार्यक्रम हुनेछ ।