
१६, मंसिर मकवानपुर । स्थानीय तह उपनिर्वाचन अन्तर्गत हेटौँडा उपमहानगरपालिका वडा नम्बर–१२ को एक वडाध्यक्ष पदका लागि मतदान जारी रहेको छ । बिहान ७ बजेटमा सुरु भएको मतदानमा मतदाताहरूको उत्साहजनक उपस्थिति रहेको छ ।
२ मतदान स्थलको ९ मतदान केन्द्रका मतदाताहरू लामबद्ध भएर मतदान गरिरहेका छन् । मध्यान्ह १२ बजेसम्म उक्त वडामा ४२ प्रतिशत मतदान भएको छ । सो अवधिमा कुल मतदाता ८ हजार ५३ मतदाता मध्ये ३ हजार ३०६ मत खसेको छ ।
