सेयर बजार तीन अंकले बढ्यो

२, पुस काठमाडौं । गत बिहीबार र सोमबार उच्च दरले घटेको नेप्से मंगलबार करिब तीन अंक (०.११ प्रतिशत) ले बढेर २६३३.८७ पुगेको छ । गत बिहीबार १.२३ प्रतिशतले घटेको नेप्से यो साताको पहिलो कारोबार दिन सोमबार करिब २ प्रतिशतले घटेको थियो ।

मंगलबार त्यो प्रवृत्तिमा सुधार आए पनि वृद्धि उत्साहजनक हुन सकेन । मंगलबारको सुधारलाई कारोबार रकमले पनि साथ नदिएको देखिएको छ ।

गएका दुई कारोबार दिन ६ अर्ब हाराहारीमा कारोबार भएकोमा मंगलबार जम्मा ४ अर्ब ३४ करोड रुपैयाँको मात्रै सेयर कारोबार भएको छ ।