जनताको आशा अनुसार वर्तमान सरकार चल्न सकेन : महामन्त्री थापा

५, पुस काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले जनताको आशा अनुसार वर्तमान सरकार चल्न नसकेको बताएका छन् ।

शुक्रबार काठमाडौँमा कैलाश कोइरालाद्वारा लिखित शास्त्र उपन्यासको विमोचन समारोहपछि सञ्चारकर्मीसँग कुरा गर्दै थापाले सरकारको गठनको उद्देश्य अनुसारको काम हुन नसकेको र जनताको आशा अनुसार सरकार चल्न नसकेको बताएका हुन् ।