सुनको मूल्य बढ्यो, आज कतिमा कारोबार ?

११, पुस काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन तोलामा ६ सय रुपैयाँले बढेको हो ।

सुन आज तोलामा ६ सय रुपैयाँले बढेर एक लाख ५० हजार तीन सय रुपैयाँमा कारोबार भइरहेकोे छ । हिजो सुनको भाउ तोलाको एक लाख ४९ हजार सात सय रुपैयाँ रहेको थियो ।

त्यस्तै, आज चाँदीको मूल्यमा भने घटबढ भएको छैन । आज चाँदीको भाउ हिजोजस्तै तोलाको एक हजार आठ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।