मोहन वैद्यको ‘स्वास्थ्य अवस्था स्थिर’

१४, पुस काठमाडौं । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका महासचिव मोहन वैद्य ‘किरण’ केही दिनयता उपचाररत छन् । काठमाडौंको महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालमा उनी उपचाररत रहेको पार्टीले जनाएको छ । सो पार्टीका कार्यवाहक महासचिव गौरवका अनुसार वैद्यको स्वास्थ्य स्थिर अवस्थामा छ ।

श्वासप्रश्वासमा समस्या भएपछि ७८ वर्षीय वैद्यलाई बिहीबार त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा भर्ना गरिएको थियो ।
 बिहीबार माओ दिवसको अवसरमा आयोजित कार्यक्रममा सहभागी भएका थिए । त्यसक्रममा स्वास्थ्यमा समस्या भएपछि उनलाई अस्पताल लगिएको थियो ।