भूमिसम्बन्धी अध्यादेश आज जारी हुन्छ : प्रधानमन्त्री

२, माघ काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भूमिसम्बन्धी अध्यादेश आज जारी हुने बताएका छन् । बुधवार बिहान बालुवाटारमा उद्योगी व्यवसायीहरूले अध्यादेशका सम्बन्धमा दिएको धन्यवाद ज्ञापन कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले भूमि सम्बन्धी अध्यादेश जारी भएसँगै भूमि सम्बन्धित समस्याहरू समाधान गर्ने उल्लेख गरेका हुन् ।

नेकपा ९माओवादी केन्द्र० का अध्यक्ष पुष्पकमल दाहालप्रति लक्षित गर्दै प्रधानमन्त्री ओलीले देश र जनताको मतलब नहुनेले राम्रा काम हुँदा पनि विरोध मात्रै गरिरहेको बताए। विकास, सुशासनका कामहरू नगर्ने र आफ्नो पिठो बिकाउने काममा मात्रै लाग्ने गरेको उनको टिप्पणी थियो ।