
६, माघ काठमाडौं । नेपाल स्टक एक्स्चेन्ज (नेप्से) परिसूचक पहिलो कारोबार दिन आज आइतबार १२.५८ अंकले बढेर २६०१.२१ अंकमा बन्द भएको छ ।
गएको साताको अन्तिम कारोबार दिन बिहीबार ७.३३ अंकले घटेर २५८८.६२ अंक पुगेको थियो । अघिल्लो दिन बुधबार २५८५.८६ अंकमा बन्द भएको थियो । गएको साता फाइनान्स सेक्टरमा ठूलो गिरावट आए पनि आइतबार भने बढेको छ ।
यसका साथै हाइड्रोपावर, लगानी, जीवन बीमा, उत्पादन, लघुवित्त, निर्जीवन बीमा, बैंक, विकास बैंक र अन्य सेक्टर बढेका छन् भने होटेल तथा पर्यटन र म्युचुअल फन्ड भने घटेका छन् ।
