
१०, माघ काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दैछ ।
केन्द्रीय कार्यसमिति बैठकका लागि छलफल गर्न कार्यसम्पादन समितिको बैठक बस्न लागेको प्रवक्ता एवम् प्रचार विभाग प्रमुख मोहनकुमार श्रेष्ठले जानकारी दिए ।
बैठक आज दिउँसो १ बजे पार्टी कार्यालय धुम्बाराहीमा बस्नेछ । राप्रपाको केन्द्रीय कार्यसमितिको बैठक माघ ११ र १२ गते काठमाडौँमा बस्दैछ । बैठक धुम्बाराहीस्थित एस।आर बैंक्वेटमा बिहान ११स्०० बजेदेखि शुरु हुनेछ ।
