सबै आयोजनाहरू एकै पटक सुरु गर्न मन्त्री खड्काको प्रस्ताव

२५, माघ काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिचाइमन्त्री दिपक खड्काले लक्ष्य प्राप्तिका लागि सबै आयोजनाहरू एकै पटक बन्नुपर्ने बताएका छन् ।

शुक्रबार पूर्वाधार विकास समितिको बैठकमा बोल्दै उनले सरकारसँग भएका जति पनि आयोजनाहरू छन् ती सबै आयोजनाहरूलाई एकै पटक सुरु गर्नुपर्ने अवस्था रहेको बताएका हुन् । उनले भने, ‘सरकारसँग भएका जति पनि आयोजनाहरू छन् ती सबै आयोजनाहरूलाई एकै पटक सुरु गर्नुपर्ने अवस्था छ ।

सरकारले लिएको लक्ष्य प्राप्तिका लागि समयमै त्यो लक्ष्य हासिल गर्न सबै आयोजनाहरू बन्नुपर्छ । एकै पटक सुरु गरिएन भने अझै ६(७ वर्ष समय कुर्नुपर्छ । छिटो गरियो भने पनि ८ वर्ष १० वर्ष काम सम्पन्न हुन समय लाग्ने स्थिति छ ।