संसद् विधिको थलो हो, जिद्दीको होइन : सांसद रिजाल

२९, माघ काठमाडौं । नेकपा (एमाले) का सांसद ईश्वरबहादुर रिजालले संसद् टकरावको थलो नभएको बताउनुभएको छ । मङ्गलबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै उनले यस्तो बताए हो । उनले संसद् संवादको थलो भएकाले टकराव निम्त्याउन नहुने बताए।

सांसद रिजालले संसद् विधिको थलो भएकाले भन्दै जिद्दीको थलो नभएको बताए । उनले संसद् अराजकको नभइ सज्जनको थलो भएको जानकारी दिए ।

जनताको जनप्रतिनिधिले जवाफदेही, जिम्मेवार बनाएर भएर काम गर्नुपर्ने उनको भनाइ छ । संसद् भनेको एउटा नियमनको थलो भएकाले तथानामको थलो नबनाउन प्रतिपक्ष दलहरूलाई उनले आग्रह गरे ।