सामाजिक सञ्जाल विधेयकविरुद्ध सडकमा नेविसंघ

३०, माघ काठमाडौं । कांग्रेसको भ्रातृ संगठन नेविसंघले बुधबार सामाजिक सञ्जाल विधेयकविरुद्ध राजधानीमा प्रदर्शन गरेको छ । संघका नेता कार्यकर्ताले विधेयकविरुद्ध माइतीघरमा प्रदर्शन गरेका हुन् ।

विधेयकमा रहेका प्रावधानले नागरिकको अभिव्यक्ति स्वतन्त्रता, सूचनाको अधिकार र गोपनीयताको अधिकारलाई गम्भीर रूपमा खतरामा पार्ने देखिएकाले यसलाई सच्याउन माग गरिएको नेविसंघका नेता विजय ढुंगानाले जानकारी दिए । विधेयक अभिव्यक्ति स्वतन्त्रताको हकविरुद्ध रहेको भन्दै प्रतिकात्मक विरोध गरिएको गरिएको थियो ।