
१, फागुन काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १३८ रुपैयाँ ७४ पैसा र बिक्रीदर १३९ रुपैयाँ ३४ पैसा कायम भएको छ । युरोपियन युरो एकको खरिददर १४ रुपैयाँ ०६ पैसा र बिक्रीदर १४४ रुपैयाँ ६८ पैसा तोकिएको छ ।
यस्तै, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर १७२ रुपैयाँ ८५ पैसा र बिक्रीदर १७३ रुपैयाँ ६० पैसा, स्विस फ्र्याङ्क एकको खरिददर १५२ रुपैयाँ ३६ पैसा र बिक्रीदर १५३ रुपैयाँ ०२ पैसा कायम गरिएको छ ।
अष्ट्रेलियन डलर एकको खरिददर ८७ रुपैयाँ १६ पैसा र बिक्रीदर ८७ रुपैयाँ ५३ पैसा, क्यानेडियन डलर एकको खरिददर ९७ रुपैयाँ ०५ पैसा र बिक्रीदर ९७ रुपैयाँ ४७ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०२ रुपैयाँ ५५ पैसा र बिक्रीदर १०३ रुपैयाँ निर्धारण गरिएको छ ।
जापानी येन १० को खरिददर नौ रुपैयाँ ०४ पैसा र बिक्रीदर नौ रुपैयाँ ०८ पैसा, चिनियाँ युआन एकको खरिददर १८ रुपैयाँ ९८ पैसा र बिक्रीदर १९ रुपैयाँ ०६ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३६ रुपैयाँ ९९ पैसा र बिक्रीदर ३७ रुपैयाँ १५ पैसा, कतारी रियाल एकको खरिददर ३८ रुपैयाँ ०५ पैसा र बिक्रीदर ३८ रुपैयाँ २२ पैसा कायम भएको छ ।
