प्रचण्डद्वारा गुल्मीमा हेलिप्याड र पिस पार्कको उद्घाटन

१, फागुन काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले हेलिप्याड तथा मालिका पिस पार्कको उद्घाटन गरेका छन् । बिहीबार मालिका गाउँपालिकाको वडा नम्बर ४ अर्खाबाङमा निर्माण भएको हेलिप्याडको उद्घाटन गरेका हुन् ।

उनले सोही वडामा निर्माण भएको पर्यटकीय स्थलका रूपमा चर्चित मालिका पिस पार्कको पनि उद्घाटन गरेका छन् । मालिका गाउँपालिकाका अध्यक्ष देवीराम अर्यालसहितका जनप्रतिनिधि तथा स्थानीय नागरिकहरूको उल्लेख्य उपस्थितिमा हेलिप्याड तथा पार्कको उद्घाटन गर्दै नेपालकै नमुना हेलिप्याड निर्माण भएको बताए ।

उनले देशका विभिन्न स्थानहरूमा निर्माण भएका हेलिप्याड भन्दा गुल्मीको हेलिप्याड उत्कृष्ट रहेको बताउँदै हेलिप्याडबाट विपद् तथा आपतकालीन अवस्थामा यहाँका नागरिकहरूको उद्धार तथा राहतमा ठुलो टेवा पुग्ने विश्वास व्यक्त गरे ।