तारिखका लागि रवि लामिछाने काठमाडौं जिल्ला अदालतमा

६, फागुन काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने काठमाडौं जिल्ला अदालतमा उपस्थित भएका छन् ।

काठमाडौंको स्वर्णलक्ष्मी सहकारी प्रकरणको पहिलो तारिखका लागि उनी मंगलबार अदालत उपस्थित भएका हुन् । सो प्रकरणका काठमाडौं जिल्ला अदालतले उनलाई ६० लाख धरौटीमा रिहा गरेको थियो ।

सोही विचाराधीन मुद्दाको तारिखका लागि लामिछाने मंगलबार जिल्ला अदालत पुगेका हुन् ।