त्रिवि केन्द्रीय क्याम्पसमा स्ववियु निर्वाचनको मिति तोकियो

१७, चैत काठमाडौं । त्रिभुवन विश्वविद्यालय क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियुन (स्ववियु) निर्वाचनको नयाँ मिति तय भएको छ। यसअघि चैत ८ गतेका लागि तोकिएको निर्वाचन उच्च अदालत, पाटनको अल्पकानील अन्तरिम आदेशका कारण स्थगित गरिएको थियो ।

उक्त विवादमा हिजो (शुक्रबार) अदालतले अन्तरिम आदेशलाई निरन्तरता दिन नपर्ने भन्दै अर्को आदेश जारी गरेको छ ।

लगत्तै निर्वाचन समितिले शनिबार निर्वाचन कार्यक्रम तय गरेको हो । सोमबार बिहान ८ बजेदेखि दिउँसो ४ बजेसम्म निर्वाचन हुने समितिले जनाएको छ ।