सुनको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?

५, वैशाख काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य सामान्य घटेको छ । आज सुन तोलामा ८०० रुपैयाँले घटेर एक लाख ८९ हजार ८०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । बिहीबार सुन प्रतितोला एक लाख ९० हजार ६०० रुपैयाँमा कायम भएको थियो ।

यस्तै, आज चाँदीको मूल्य भने स्थिर रहेको छ । बिहीबार तोलामा १ हजार ९६० रुपैयाँ कायम भएको चाँदीको मूल्य शुक्रबार पनि सोही कायम भएको हो ।