
९, वैशाख काठमाडौं । पूर्वराष्ट्रपति डा। रामवरण यादवले पत्रकारिता ऐनाजस्तै सत्यतथ्य देखाउने माध्यम भएको बताएका छन् ।
काभ्रेपलाञ्चोकको फुलबारीमा हिजो (सोमबार) आयोजित नवक्षितिज साप्ताहिकको रजतजयन्तीका अवसरमा उनले लेखन, कला र साहित्य क्षेत्रमा लाग्नेले समाज, राष्ट्र र संसारलाई नै अझ बढी बुझ्ने भएकाले सोहीअनुसार विश्लेषण गरिनुपर्नेमा जोड दिए ।
लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था आएपछि मुलुकमा धेरै उपलब्धि भएको उल्लेख गर्दै पूर्वराष्ट्रपति यादवले व्यवस्था संरक्षणमा लाग्न आग्रह गरे । त्यससँगै नदीनाला, पहाड र चुरे दोहनले जलवायु परिवर्तनका असर देखिरहेकाले त्यसमा पत्रकारिताको माध्यमबाट सचेत गराउन उनले आग्रह गरे ।
