सामाजिक रूपान्तरणमा अध्यक्ष नेपालको जोड

११, वैशाख काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले मुलुकमा राष्ट्रिय पुँजीको विकास गरी उद्योगका माध्यमबाट जनताको आर्थिक तथा सामाजिक रूपान्तरण गर्नुपर्ने बताएका छन् ।

लोकतन्त्र दिवसका अवसरमा आज एक शुभकामना सन्देश जारी गर्दै उनले लामो संघर्षबाट प्राप्त संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थामा नै आर्थिक विकासका माध्यमबाट सामाजिक रूपान्तरण गर्न सकिने बताएका छन् ।