सगरमाथा संवादको तयारी अन्तिम चरणमा : छ वटा विषयमा केन्द्रित हुने

३०, वैशाख काठमाडौं । परराष्ट्रमन्त्री डा। आरजु देउवा राणाले सगरमाथा संवाद २०२५ को तयारी अन्तिम चरणमा पुगेको जानकारी दिएकी छन् । मङ्गलबार पत्रकार सम्मेलनको आयोजना गरी संवाद व्यवस्थापन समितिका संयोजक समेत रहनुभएको मन्त्री राणाले सो कुराको जानकारी दिएकी हुन् ।  काठमाडौँमा आगामी जेठ २ देखि ४ गतेसम्म हुने सगरमाथा संवाद ६ वटा विषयमा केन्द्रित हुने छ ।

संवादको मुख्य उद्देश्य ‘क्लाइमेट चेन्ज माउन्टेन एण्ड द फ्युचर अफ हयुमानीटी’ रहेको छ । सगरमाथा संवादमा मानव जगतका विभिन्न समस्याहरू र मुद्दाहरूमा संवाद गर्ने, छलफल गर्ने र समाधानका लागि एउटा निष्कर्षमा पुग्ने उद्देश्य राखिएको छ ।

त्यस्तै, प्रधानमन्त्री केपी शर्मा ओलीले सरगमाथा संवाद २०२५ लाई सम्बोधन गर्नै भएको छ । परराष्ट्रमन्त्री डा. राणाले संवादका मुख्य कार्यक्रममा आमन्त्रित विशियट विदेशी र स्वदेशी पाहुनाहरु सहभागी हुने संवादको मुख्य औपचारिक कार्यक्रम रहेको बताएको छ । त्यस्तै प्रधानमन्त्री ओलीबाट सम्बोधन हुने यस समारोहमा परराष्ट्रमन्त्री डा। राणाले स्वागत मन्तव्य दिने कार्यक्रम छ ।

यसैगरी, उक्त कार्यक्रममा संवादसम्बन्धी तयार पारिएको एक चिनारीयुक्त भिडियो प्रस्तुत गरिने तथा चीन र भारतका तर्फबाट प्रतिनिधिमण्डहरुको नेतृत्व गरेर आउनुहुने विशिष्ट पाहुनाहरु र सिओपी २९ का अध्यक्ष तथा अजरबैजानी राष्ट्रपतिका जलवायु विषयसम्बन्धी प्रतिनिधिले समेत सम्बोधन गर्ने कार्यक्रम रहेको उनले बताए । संवादलाई सम्बोधन गरी संयुक्त राष्ट्रसंघका महासचिवले पठाउनु भएको भिडियो सन्देश पनि प्रस्तुत गरिने छ । यो कार्यक्रम जेठ २ गते शुक्रबार बिहान ९ः३० मा सुरु हुने र डेढ घण्टापछि ११ बजे सम्पन्न हुने छ ।