हिमालको संरक्षण हाम्रो साझा कर्तव्य हो : मन्त्री पाण्डे

१३, जेठ काठमाडों । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डेले हिमालको संरक्षण हामी सबैको साझा कर्तव्य रहेको बताएका छन् ।

एभरेष्ट समिटियर सम्मेलनको अवसरमा मङ्गलबार आयोजित कार्यक्रमलाई सम्बोधन गदै मन्त्री पाण्डेले हिमाल आरोहणमा सफलता हासिल गर्ने सम्पूर्ण समिटियरहरूप्रति बधाई दिँदै हिमाली संस्कृतिको संरक्षण र भविष्यका पुस्ताका लागि हिमाल सुरक्षित राख्नुपर्ने आवश्यकता औंल्याए ।

मन्त्री पाण्डेले भने “हामी केवल संसारको शिखर चुम्नेहरूलाई बधाई दिन यहाँ आएका होइनौँ, उहाँहरूको साहस, समर्पण र दृढताप्रति सम्मान प्रकट गर्न पनि यहाँ छौँ ।”

उनले शेर्पा समुदाय, गाइड, उद्धार टोली र हिमाली क्षेत्रमा निरन्तर खटिएर सेवा पु¥याउने सबैप्रति विशेष सम्मान समेत व्यक्त गरेका हुन्। “उहाँहरूको समर्पणले पर्वतीय यात्राहरूलाई सुरक्षित, प्रकृतिप्रति संवेदनशील र अझ अर्थपूर्ण बनाएको छ,” मन्त्री पाण्डेले भने ।