यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर

१२ असार,काठमाडौं। नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ ।

राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १३७ रुपैयाँ ४३ पैसा र बिक्रीदर १३८ रुपैयाँ ०३ पैसा निर्धारण गरिएको छ ।भने,युरोपियन युरो एकको खरिददर १५९ रुपैयाँ ४९ पैसा र बिक्रीदर १६० रुपैयाँ १८ पैसा कायम गरिएको छ ।

यस्तै युके पाउन्ड स्टर्लिङ एकको खरिददर १८७ रुपैयाँ तोकिएको छ ।भने, बिक्रीदर १८७ रुपैयाँ ८२ पैसा तोकिएको छ ।यता स्विस फ्र्याङ्क एकको खरिददर १७० रुपैयाँ ३६ पैसा र बिक्रीदर १७१ रुपैयाँ १० पैसा कायम गरिएको छ ।

राष्ट्र बैङ्कले यो विनिमयदरलाई आवश्यकताअनुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैङ्कले तोक्ने विनिमयदर फरक हुनसक्ने छ ।

अद्यावधिक विनिमयदर भने केन्द्रीय बैङ्कको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।