तिलौराकोटलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्ने तयारी अन्तिम चरणमा

२५ असार,काठमाडौं।प्राचीन शाक्य गणराज्यको राजधानी शहर तिलौराकोट दरबार क्षेत्रलाई विश्व सम्पदा सूचीमा सूचीकृत गराउने अन्तिम तयारी भएको छ।युनेस्कोले सन् १९९६ मै ऐतिहासिक पुरातात्विकस्थल तिलौराकोटलाई सम्भावित विश्वसम्पदा सूचीमा राखेको थियो।

गौतम बुद्धले २९ वर्ष बिताउनु भएको थियो ।२०७८र७९ को नीति तथा कार्यक्रममार्फत नेपाल सरकारले तिलौराकोटलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्ने विषय उल्लेख गरेको थियो।विश्व सम्पदा समितिको ४५औं बैठकमा तिलौराकोट कपिलवस्तुसम्बन्धी प्रबर्द्धनात्मक कार्यक्रम समेत गरिएको थियो।

अन्तिम मनोनयन दस्तावेज विश्व सम्पदा केन्द्रको केन्द्रीय कार्यालयमा औपचारिक रूपमा पेस भएसँगै कपिलवस्तु तिलौराकोटलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्न विधिवत रूपमा प्रक्रिया अघि बढेको हो।

लुम्बिनी विकास कोषका वरिष्ठ प्रशासन प्रमुख ज्ञानिन राईका अनुसार कपिलवस्तुको तिलौराकोटलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्न नेपाल सरकारका तर्फबाट अन्तिम मनोनयन दस्तावेज युनेस्को वर्ल्ड हेरिटेज केन्द्रका निर्देशक लाजारे इलोन्डोलाई औपचारिक रूपमा पेस गरिसकिएको छ ।

विश्व सम्पदा सूचीमा सूचीकृत भएपछि तिलौराकोट दरबार क्षेत्र सरकारको प्राथमिकतामा परे गुरुयोजनाअनुसार विकास हुनेछ।साथै यहाँको ऐतिहासिक,सांस्कृतिक र प्राकृतिक महत्व अन्तर्राष्ट्रियस्तरमा प्रमाणित हुने,अन्तर्राष्ट्रिय पर्यटकहरू भ्रमणमा आउने र स्थानीयले आर्थिक लाभ लिन सक्ने छन्।