
२६ असोज,काठमाडौं । नेपाल वायु सेवा निगममा भएको बेथितिविरुद्ध जेनजी टिमले नेपाल नागरिक उड्डयन प्राधिकरणदेखि अख्तियार दुरुपयोग अनुसन्धान आयोगसम्मलाई ज्ञापनपत्र बुझाएको छ ।
जेनजीका अर्जुन शाही, मिराज ढुंगानालगायतको टिमले नेपाल नागरिक उड्डयन प्राधिकरण प्रदिप अधिकारी प्रदिप अधिकारी, नेपाल बायुसेवा निगम युवराज अधिकारी, महान्यायाधिवक्ता, महालेखा परीक्षक, अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लगायतका सम्बन्धित निकायहरूमा नेवानीमा भएको बेथिति अन्त्य गर्न माग गर्दै ज्ञापनपत्र बुझाएका हुन् ।
उनीहरुले नेवानीको भ्रष्टाचार तथा घोटलाहरुको छानबिन गरी पारदर्शी र जनहितमुखी सेवा प्रवाहको लागि आवश्यक कदम चाल्न ५ बुँदे माग गरेका छन् ।
एनएसीका सबै निर्णयहरूमा जनताको पहुँच हुने पारदर्शी प्रणाली लागू गरिनु पर्ने, दुर्गम क्षेत्रका जनताका लागि सस्तो र सहज हवाई पहुँच सुनिश्चित गरिनुपर्ने र माथिका सुधार र कानुनी प्रस्तावहरु तत्काल कार्यान्वयन हुनु पर्ने नभए सबैले स्विछिक राजिनामा दिएर मार्ग प्रसस्त गर्नुपर्ने मागसमेत उनीहरुले राखेका छन् ।
उनीहरुले वाइडवडी र लाउडा एयर घोटालासहित सवै भ्रष्टाचार प्रकरणहरूको स्वतन्त्र छानविन आयोग गठन गरी ३० दिनभित्र प्रतिवेदन सार्वजनिक गर्नुपर्ने, २०४७ सालपछि नियुक्त सबै कर्मचारी र पदाधिकारीहरूको सम्पत्ति विवरण २१ दिनभित्र सार्वजनिक गरिनुपर्ने माग गरेका छन् ।
