
११ जेठ, काठमाडौं । सुनको भाउ सोमबार तोलामा १ हजार ९ सय रुपैयाँ बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको भाउ प्रतितोला २ लाख ९२ हजार ८ सय रुपैयाँ तोकेको छ । अघिल्लो दिन २ लाख ९० हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै चाँदीको भाउ तोलामा १४० रुपैयाँ बढेको छ । महासंघले आजका लागि चाँदीको भाउ प्रतितोला ५ हजार १५० रुपैयाँ कायम भएको छ । अघिल्लो दिन ५ हजार १० रुपैयाँमा कारोबार भएको थियो ।
