
१४ जेठ, काठमाडौं । बिहीबार एकैदिन सुनको भाउ तोलामा साढे ५ हजार रुपैयाँ घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको भाउ प्रतितोला २ लाख ८५ हजार रुपैयाँ तोकेको छ।
अघिल्लो दिन २ लाख ९० हजार ५ सय रुपैयाँमा सुनको कारोबार भएको थियो ।चाँदीको भाउ तोलामा २१५ रुपैयाँ घटेको छ ।
अघिल्लो दिन प्रतितोला ५ हजार ८० रुपैयाँमा कारोबार भएको चाँदी आज ४ हजार ८६५ रुपैयाँमा झरेको छ ।
