
२५ जेठ, काठमाडौं । सोमबार पनि सुनको भाउ घटेको छ । अघिल्लो दिन प्रतितोला ८ हजार २ सय रुपैयाँ घटेको सुन आज ९ सय रुपैयाँ घटेको हो ।
यो गिरावटसँगै सुनको भाउ ३ लाखमुनि झरेको छ ।सोमबार सुनको भाउ प्रतितोला २ लाख ९९ हजार ९ सय रुपैयाँ छ । अघिल्लो दिन ३ लाख ८ सय रुपैयाँमा सुनको कारोबार भएको थियो ।
तर चाँदीको भाउ १० रुपैयाँ बढेको छ । अघिल्लो दिन तोलामा ४ हजार ८९५ रुपैयाँमा कारोबार भएको चाँदी आज ४ हजार ९०५ रुपैयाँ पुगेको छ ।
