
२३ असार, काठमाडौं । संघीय संसद्को दुवै सदनबाट आगामी आर्थिक वर्षको बजेट पारित भएको छ ।
प्रतिनिधि सभामा प्राप्त विनियोजन विधेयक,२०८३ राष्ट्रिय सभाबाट पनि मंगलबार पारित भएको हो ।
राष्ट्रिय सभा बैठकमा अर्थमन्त्री डा.स्वर्णीम वाग्लेले निर्णयार्थ पेश गरेको बजेट ।
प्रस्ताव बहुमतले पारित भएको हो ।यो सँगै संघीय संसद्का दुवै सदनबाट बजेट पारित भएको छ ।
बैठकमा अर्थमन्त्री डा. वाग्लेले आर्थिक विधेयक, २०८३ पनि पेश गरेका थिए ।
