
२४ असार, काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले आज बुधबार दिउँसो देशभर साधारणतया बादल लाग्नेछ तथा देशका हिमाली भूभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना रहेको जनाएको छ ।
कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी र तराई भूभागका केही स्थानमा र मधेश प्रदेश तथा कर्णाली प्रदेशका पहाडी भूभागका थोरै स्थानमा मेघगर्जन र चट्याङ सहित मध्यमसम्मको वर्षाको सम्भावना रहेको जनाएको छ ।
देशको पहाडी भूभागका एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ भने मधेश प्रदेश साथै लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका केही स्थानमा हुरीबतासको पनि सम्भावना छ ।
उता राति पनि देशका हिमाली भूभागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना छ । भने,मधेस प्रदेश तथा कोशी,बागमती र गण्डकी प्रदेशका पहाडी र तराई भूभागका धेरै स्थानमा, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
मधेश प्रदेश साथै कोशी,बागमती,गण्डकी र लुम्बिनी प्रदेशका पहाडी र तराई भूभागका थोरै स्थानमा भारीदेखि धेरै भारी वर्षाको पनि सम्भावना महाशाखाले जनाएको छ ।
हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ ।मनसुनको न्यूनचापीय रेखा नेपालको पूर्वी भूभागतर्फ सरदरभन्दा दक्षिणमा र पश्चिमी भूभागतर्फ सरदर स्थानको आसपास अवस्थित रहेको
