गुल्मी ।गुल्मीको गुल्मी दरबार गाउँपालिकामा –५, डाँडापोखरीस्थित खरबारी र जंगलमा आगलागी हुँदा ३ वटा घर र ३ वटा गोठ जलेर नष्ट भएका छन् ।आगलागीमा एउटा मोटरसाइकल जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।
गुल्मी दरबार गाउँपालिका–५, डाँडापोखरीस्थित खरबारी र जंगलमा लागेको आगोले रविन ढकालको ३ तले घर ,२ तले गोठ र रिता ढकालको एक तले गोठ जलेर नष्ट भएको प्रहरीले जानकारी दिएको छ ।
आगलागीमा धेरै जसो बाख्रा र भैंसी जलेका छन् ।
गुल्मी दरबार गाउँपालिका–७ ढुंगे देउरालीका स्थानीयको खरबारी र जंगलमा लागेको आगो बस्तीमा सल्किँदा अहिले बस्तीमा लागेको आगो नियन्त्रणमा आए पनि जंगलमा लागेको आगो नियन्त्रणमा आउन नसकेको प्रहरीको भनाई छ ।
