
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहालसँगको छलफलपछि नेपाली काँग्रेसले आन्तरिक छलफल थालेको छ । काँग्रेस सभापति शेरबहादुर देउवाको निवास बुढानिलकण्ठमा काँग्रेसका नेताहरुबीच छलफल सुरु भएको हो ।
काँग्रेस र शीर्ष नेताहरुबीच पटकपटक छलफल भएपनि हालसम्म सहमति जुट्न नसकेपछि आज प्रधानमन्त्रीले प्रतिपक्ष नेताहरुसँग छलफल गरेका थिए ।
सभापति देउवा र प्रचण्डसँगको छलफलपछि काँग्रेस नेताहरुबीच छलफल सुरु भएको हो । छलफलमा सभापति देउवा, उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगन थापा लगायतका नेताहरू सहभागी छन् ।
