
सीता पौडेल(अर्चना)
काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले आइतबार काठमाडौंमा बृहत प्रदर्शन गर्दैछ।
सहकारी ठगी प्रकरण र सहकारी पीडितहरुको मागलाई राज्यले नसुनेको भन्दै कांग्रेसले पीडितको समस्या समाधान गर्न माग राखेर आज काठमाठौंका विभिन्न ठाउँबाट बिहान १२ बजे एकैचोटी विरोध ¥याली निकाल्न लागेको नेपाली कांग्रेस काठमाडौं जिल्लाका अध्यक्ष सबुज बानियाँले बताए ।
सरकारले अलोकतान्त्रिक र असंवैधानिक रवैया देखाएको र सहकारी ठगी प्रकरणलाई यसै दबाउन खोजेको भन्दै उनले भने, ‘अहिले सरकारले अराजकता प्रर्दशन गरिरेको छ,यसका विरुद्धमा हामीले सदनमा पटक पटक आवाज उठाउँदा पनि बेवास्ता गरेर यसलाई दबाउन खोजिएको छ ।’ ‘अब संसदीय सदनबाट भन्दा पनि जनताको समर्थनमा सडकबाटै खबरदारी गर्नु पर्ने आवश्यक्ता महसुर गरेर हामीले त्यस विरुद्धको बृहत प्रदर्शन गर्न लागेका हौं।’ उनले भने।
अध्यक्ष बानियाँका अनुसार काठमाडौं,भक्तपुर र ललितपुर जिल्ला समितिको संयुक्त आयोजनामा सञ्चालन हुन लागेको उक्त विरोध प्रर्दशनका लागि प्रचार –प्रसार तिब्र पारिएको छ।आजको प्रदर्शनलाई कांग्रेसले सरकारको अलोकतान्त्रिक र असंवैधानिक रवैया र सहकारी ठगीविरुद्धको प्रशर्दन भनेको छ।
दिउँसो २ बजेदेखि काठमाडौंको भृकुटीमण्डपमा संयुक्त प्रदर्शन गरिने उक्त विरोध प्रदर्शनलाई सफल बनाउन तिनवटै जिल्लाका क्षेत्रिय र वडा कमिटि लगायतका कमिटिहरु र शुभचिन्तकहरुलाई सूचना सकुलर गरिसकिएको उनको भनाई छ।
यसैगरि नेपाली कांग्रेस काठमाडौं जिल्ला वडा नं १६का सभापति देवेन्द्र पाठकका अनुसार आजको उक्त प्रदर्शनका लागि नेपाली कांग्रेस क्षेत्र नं ७ ले वडा नं १७ क्षेत्रपाटी चोकबाट अहिले मध्यान्ह १२ बजे सो ¥याली शुरु गर्ने गरि तयारी पुरा गरेको छ।भने, दिउँसो २ बजे काठमाडौंको भृकुटीमण्डपमा गरिने खुल्ला सभामा सहभागि हुने कार्यक्रम तालिका बनाएको छ।
उक्त खुल्ला सभालालाई कांग्रेसका महामन्त्रीलगायत शिर्षनेताहरुले सम्बोधन गर्ने सभापति पाठकले जानकारी दिएका छन
