सीता दाहाल मेमोरियल कलेज स्थापना हुने

काठमाडौं।सरकारले काठमाडौं विश्वविद्यालयमा सीता दाहाल मेमोरियल कलेज स्थापना गर्ने भएको छ ।

आज मंगलवार अर्थमन्त्री बर्षमान पुनले आर्थिक वर्ष २०८१÷०८२ को बजेट प्रस्तुत गर्दै प्रधानमन्त्री दाहालकी स्व.धर्मपत्नीका नाममा सीता दाहाल मेमोरियल कलेज स्थापना गर्ने बताएका हुन् ।

उनले सिता दाहाल मेमोरियल कलेज अफ नेचुरोपेथि यौगिक साइन्स कलेज स्थापना र पूर्वाधार निर्माणका लागि रकम व्यवस्था गरेको जानकारी दिएका छन्।