काठमाडौं । सरकारले आलु आयातमा लाग्ने भन्सार महसुल १५ प्रतिशत पुर्याएको छ ।
यसअघि १० प्रतिशत कर लाग्दै आएको चालु आर्थिक वर्षमा ५ प्रतिशतले बढाएको हो । आलुमा लाग्ने भ्याट भने हटाइएको छ ।
यस्तै, चालु आर्थिक वर्षको बजेटबाट आलु, प्याज, स्याउमा भ्याट लगाउन सुरू गरिएको छ ।
