भारतको राजस्थानमा उच्च गर्मीः ६ जनाको मृत्यु

एजेन्सी । भारतको पश्चिमी भारतीय राज्य राजस्थानमा गर्मी उच्च रुपमा बढ्दा ६ जनाले ज्यान गुमाएका छन् ।

सो राज्यको तापक्रम ह्वात्तै बढेर ४९ डिग्री पुग्दा मानिसहरुको मृत्यु भएको समाचारमा जनाइएको छ । राजस्थानका लगभग सबै ठाउँमा ४५ डिग्री सेल्सियसभन्दा बढी तापक्रम मापन गरिएको मौसम विभागले जनाएको छ । स्थानीय सरकारले गर्मी मौसममा सावधानी अपनाउन सर्वसाधारणलाई आग्रह गर्दै आएको छ ।

राजस्थानमा ‘हिट स्ट्रोक’ बिरामीहरूको सङ्ख्या दुई हजार आठ सय नौबाट बढेर तीन हजार छ सय २२ पुगेको छ । मौसम विभागले पहिले नै मानिसहरूलाई गर्मीको जोखिमबाट बँच्न र चिसो ठाउँमा बस्न सुझाव दिँदै आएको छ । विभागले तिर्खा नलागे पनि पर्याप्त पानी पिएर ‘हाइड्रेटेड’ रहन आग्रह गरेको छ ।