काठमाडौं । सर्वाेच्च अदालतले गण्डकी प्रदेशको मुख्यमन्त्री अवैधानिक ठहर गर्दै पदबाट हट्न आदेश दिएसँगै काँग्रेसका सुरेन्द्रराज पाण्डे मुख्यमन्त्री बन्दैछन् ।
सर्वोच्चले कांग्रेस संसदीय दलका नेता सुरेन्द्रराज पाण्डेलाई मुख्यमन्त्री नियुक्त गर्न परमादेश जारी गरेसँगै उनी मुख्यमन्त्री हुन लागेका हुन् । उक्त परमादेश अनुसार आजै साँझसम्म गण्डकीले पाण्डेलाई मुख्यमन्त्रीका रूपमा पाउने छ भएपनि शपथ कतिबेला गर्ने भन्ने टुङ्गो लागेको छैन ।
प्रदेश प्रमुख कार्यालयले सर्वोच्चको पत्र कुरेर बसेको छ । पत्र आउने बित्तिकै पाण्डेलाई शपथग्रहण गराइने प्रवक्ता चण्डी अर्यालले बताए ।
मंगलबार सार्वजनिक बिदा परेकाले आज मात्र औपचारिक पत्र आउने छ ।
