एजेन्सी । पाकिस्तानमा भएको बस दुर्घटनामा २८ जनाको मृत्यु भएको छ । पाकिस्तानको दुर्गम प्रान्त बलुचिस्तान क्वेटातर्फ तीब्र गतिमा गुडिरहेको बसमा बुधवार दुर्घटनाग्रस्त भएको थियो ।
दुर्घटनामा महिला र बालबालिकासहित कम्तीमा २८ जनाको मृत्यु भएको र अन्य २२ जना घाइते भएका छन् । घाइतेहरूको बसिमा निजामती अस्पतालमा उपचार भइरहेको बताइएको छ ।
बस बलुचिस्तान प्रान्तको राजधानी क्वेटाबाट करिब ७०० किलोमिटर टाढा रहेको वासुक सहर नजिकै भिरमा खसेको हो ।
