काठमाडौं । काठमाडौं महानगरपालिकाले यही जेठ ३२ गतेका लागि १५ औं नगरसभा तोकेको छ ।
आज महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) को अध्यक्षतामा बसेको कार्यपालिकाको बैठकले नगर सभाको मिति तोकेको हो । नगरसभामा आगामी आर्थिक वर्ष २०८१–०८२ को कार्ययोजना प्रस्तुत गरिने कार्यतालिका छ ।
