काठमाडौं । आज बसेको मन्त्रिपरिषद्को बैठकले २३ वटा निर्णहरु गरेको छ ।
बैठकले त्रिभुवन विश्वविद्यालयको काठमाडौं उपत्यकाभित्र रहेका जग्गाको अध्ययन अनुसन्धान गर्न पूर्वसचिव शारदाप्रसाद त्रितालको संयोजकत्वमा समिति गठन गर्ने निर्णय गरेको छ।
समितिमा पूर्व सहसचिवद्वय महेन्द्रकुमार थापा, जानकीबल्लभ अधिकारी, विज्ञ सदस्य प्रा।डा प्रेमसागर चापागाईं र शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयका उपसचिव सदस्य सचिव रहेका छन्।
यस्तै, हतियार सम्बन्धमा इजाजतपत्र प्राप्त गरेका तर यात्रा अनुमति प्राप्त नगरेका हातहतियाहरू इजाजत बाहकले घर बाहिर लैजान नपाउने निर्णय पनि गरेको छ। यात्रा इजाजत प्राप्त गरेका हातहतियार समेत तोकिएको स्थानमा लैजान नपाउने गरी निषेध गरेको छ।
यस बैठकले राष्ट्रपति रामचन्द्र पौडेलले नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गर्दै जेठ ३१ गते स्वीट्जरल्याण्डको जेनेभामा आयोजना हुने अन्तर्राष्ट्रिय श्रम सम्मेलनको ११२ औं अधिवेशनमा भाग लिने र सोपछि जर्मनी भ्रमण गर्ने कार्यक्रम स्वीकृत गरेको छ।
बनेपा नगरपालिकालाई १५ शय्याको अस्पताल निर्माण गर्न सार्वजनिक जग्गा प्रयोग गर्न स्वीकृति दिएको छ।
विश्वविद्यालय अनुदान आयोगको सदस्य पदमा त्रिवि विश्वविद्यालयका उपकुलपति प्रा।डा केशरजंग बराललाई मनोनयन गर्ने निर्णय पनि गरेको छ।
राजपत्रांकित विशिष्ट श्रेणीको पदमा खेमराज ज्ञवाली, यमबहादुर बुढा मगर र भद्रकाली पोखरेललाई बढुवा नियुक्त गर्ने निर्णय गरेको छ।
