
काठमाडौं ।काठमाडौं महानगरपालिका (कामपा)ले २४१ जना नगर प्रहरी जवान र १७ जना नगर प्रहरी कार्यालय सहयोगी माग गरेको छ।
कामपाले शनिवार एक सूचना जारी गर्दै २५८ जनाको पदपूर्तिका लागि दरखास्त आवहन गरेको हो ।महानगरपालिकाले नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको भर्ना छनोटका क्रममा वैकल्पिक सूचीमा समावेश भएकाहरुलाई दरखास्त दिन आग्रह गरेको छ।
७ दिनभित्र आफ्नो वैकल्पिक दर्ता नम्बर र नागरिकताको प्रमाणपत्रसहित दरखास्त पेश गर्नु पर्ने सो सूचनामा उल्लेख छ।
