
एजेन्सी । जापानको इशिकावा प्रान्तमा आज भूकम्प गएको छ । समाचार एजेन्सी एनएचकेका अनुसार जापानमा ५.९ म्याग्निच्युडको भूकम्प गएको हो ।
भूकम्पबाट कुनै पनि क्षति नभएको जनाइएको छ भने सुनामीको चेतावनी समेत दिइएको छैन । सोमबार बिहान स्थानीय समय अनुसार करिब साढे ६ बजेतिर भूकम्पको पहिलो धक्का महसुस भएको थियो ।
भूकम्पको पहिलो धक्का ५.९ म्याग्निच्युडको र दोस्रो धक्का ४.८ म्याग्निच्युडको मापन भएको थियो ।
बीबीसीका अनुसार जापानमा भूकम्पको शक्ति म्याग्निच्युडमा भनिँदैन । जमिनको कम्पनको आधारमा मापन गरेर त्यसको आधारमा एकदेखि सातसम्म मान दिइन्छ ।
