एमाले काठमाडौं अधिवेशन :अध्यक्षमा दीपक निरौला निर्वाचित

जमुना धमला

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी एमाले काठमाडौँ जिल्ला अध्यक्षमा पुनः दीपक निरौला निर्वाचित भएका छन्। उनी तीन सय ७० मत प्राप्त गरी निर्वाचित भएका हुन् ।

अध्यक्षका अर्का प्रत्यासी निर्मल देउलाले एक सय ९१ मत प्राप्त गरेका छन् । जिल्ला उपाध्यक्षमा विश्वराम सापकोटा निर्वाचित भएका छन् ।साप्कोटाले २ सय ६४ मत ल्याएर आफ्ना प्रतिस्पर्धी नवराज पराजुलीलाई पराजित गरेर निर्वाचित भएका हुन् । त्यस्तै सचिवमा राजेश शाक्य पनि पुनः निर्वाचित भएका हुन् । विजयी शाक्यले पनि ३ सय ७० मत प्राप्त गरेका छन् भने उनका प्रतिष्पर्धी सत्यमान डंगोलले १ सय ९१ मत मात्रै ल्याएका थिए ।

उपसचिव खुलामा उद्धव भण्डारी निर्वाचित भएका छन् ।महिला उपसचिवमा विन्दु महर्जन सर्वसम्मत निर्वाचित भएकी छन् ।

यही जेठ २६ गतेदेखि जारी महाधिवेशनमा दुई सय २५ पदमध्ये एक सय ३० पदमा निर्विरोध भएको थियो । आज मंगलबार ९५ पदका लागि मात्र निर्वाचन भएको हो ।