काठमाडौं । काठमाडौंमा इन्धनको हाहाकार हुन थालेको छ । पेट्रोल ट्याङ्कर व्यवसायीले आइतवार विभिन्न माग राख्दै आन्दोलन सुरु गरेपछि पम्पमा पेट्रोल नपुगेकाले पेट्रोलको अभाव भएको हो।
निजी पेट्रोल पम्पले पनि पेट्रोल वितरण बन्द गरेपछि समस्या उत्पन्न भएको हो । काठमाडौंको भद्रकालीस्थित नेपाली सेनाको पेट्रोल पम्पलगायत अन्य स्थानमा रहेका पेट्रोल पम्पहरूमा बिहानैदेखि सवारीसाधनको लाइन छ ।
