संसद भवनभित्र गोली लागेको अवस्थामा मृत भेटिए प्रहरी जवान

काठमाडौं । नयाँ बानेश्वरस्थित संसद भवनभित्र एक प्रहरी जवान गोली लागेको अवस्थामा मृत भेटिएका छन् । संसद भवनको सुरक्षारर्थ खटिएका दोलखाका प्रहरी जवान अजित गोली शौचालयमा मृत फेला परेका हुन् ।

नेपाल प्रहरीका प्रवक्ता दानबहादुर कार्कीका अनुसार मृत अवस्थामा भेटिएका हुन् । घटनाबारे थप बुझ्ने काम भइरहेको उनले जानकारी दिए । उनले भने, ‘शौचालयतिर गोली चलेको आवाज सुनेपछि गएर हेर्दा अन द स्पट डेथ भएको पाइयो । उनका साथीहरुसँग घटना हुनुभन्दा अगाडिको अवस्थाबारे बुझ्ने काम भइरहेको छ ।’

उनको शवलाई पोष्टमार्टमका लागि सिभिल अस्पताल पठाइएको छ ।